काठमाडौं । तपाईं नेपाली फेसनलाई पछ्याउनुहुन्छ भने वर्षा थापा नयाँ नाम होइन । विश्वप्रसिद्ध फेसन शो र ब्रान्डमा फिचर्ड भइसकेकी वर्षाको तहमा अर्को कुनै नेपाली मोडल पुगिसकेको छैन ।
न्युयोर्क फेसन विकजस्तो विश्वप्रसिद्ध फेसन शोमा आफ्नो सौन्दर्य छरेकी छन् । न्युयोर्क, मिलान, पेरिस र ल्याक्मी फेसन वीकमा सहभागी हुनु संसारका मोडलहरुको सपना हुने गर्छ । वर्षाले यो सपना पूरा गरिसकेकी छन् ।
उनै वर्षाले इन्स्टाग्राममा केही बोल्ड तस्वीर सेयर गरेकी छन् जहाँ उनी सेमीन्युड रुपमा प्रस्तुत छिन् । ब्राविनै जंगलको बीचमा उनको फोटोसुट आफैंमा बोल्डनेस पनि हो ।
तस्वीरको क्याप्सन पनि अर्थपूर्ण छ– ‘प्रत्येक समय पाका मान्छेहरुसँग कुरा गर्दा उहाँहरुले मलाई हाम्रो अधिकांश जीवन अरुको चिन्ता गर्दैमा बित्छ, आशा छ तिमीले त्यसो गर्नेछैनौ भनेर भन्नुहुन्छ ।’ यसको अर्थ, वर्षालाई अरुले के भन्छन् भन्नेमा कुनै पर्वाह छैन । यही सोचका साथ उनले यो तस्वीर पोस्ट गरेको देख्न सकिन्छ ।
जंगलको बीचमा उनको यो फोटोसुटले पनि पक्कै खुसी र शान्तिको सन्देश दिन्छ । नेपालमा जन्मिएर भारतमा पढेकी वर्षा न्युयोर्कमा चर्चित मोडल हुन् । न्युयोर्कमा उनले पहिलोपटक विल्हेल्मिना मोडलमा फेसन प्रस्तुत गरेकी थिइन् ।
विश्व फेसनका चर्चित भोग, कस्मोपोलिटन, एली, हार्पर बजारमा उनी फिचर्ड छिन् । प्रबल गुरुङसहित डोल्से एन्ड गब्बाना, नाइके, हर्मिस, राल्फ लौरेन, बोटेगा भेनेटा, मुग्लरका डिजाइन र उत्पादनमा उनी देखिइसकेकी छन् ।