१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् ।
६२ ताजा अपडेट
9 seconds ago, 16:30:41
काठमाडौं उपत्यकाको गोदावरी तारकेश्वर नागार्जुन, चाँगुनारायण भक्तपुर नगरपालिकामा जग्गा विकास गरिने । काठमाडौंको उत्तरपूर्व क्षेत्रमा नयाँ नगर बनाउन बजेट विनियोजन गरिएको छ ।
2 mins ago, 16:29:15
५४ हजार ३९२ घरको फुस पराल र खरको छानालाई जस्तापाता वा स्थायी संरचनाले विस्थापित गरिने ।
3 mins ago, 16:27:40
४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट
काठमाडौं उपत्यकाको ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने ।
4 mins ago, 16:26:55
‘प्रधानमन्त्री छोरी कार्यक्रम’का लागि १० करोड
‘प्रधानमन्त्री छोरी कार्यक्रम’को लागि १० करोड विनियोजन गरिएको छ । यस कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने छ भने कार्यक्रमले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।