क्रोएसियामा दूतावास स्थापनाका लागि परराष्ट्रमन्त्रीलाई ज्ञापन

१ हप्ता पहिले १०

काठमाडौं । युरोप जान चाहने नेपालीको प्रमुख गन्तव्य मुलुक क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको छ ।

गैरआवासीय नेपाली संघ क्रोएसिया र क्रोएसियामा रहेका नेपाली समुदायबीचको छलफलपछि लिखितरुपमा तयार पारिएको ज्ञापनलाई व्यवसायी तथा समाजसेवी दावा लामाले बुझाएका हुन् ।

परराष्ट्रमन्त्रीसँगको भेटपछि त्यहाँ रहेका नेपालीका विभिन्न समस्या समाधान हुने कुरामा आफूहरु आशावादी रहेको लामाले बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले क्रोएसियामा रहेका नेपालीको समस्या आफूलाई थाहा भएको र समस्याको समाधान छिट्टै हुने वाचा गरेको लामाले बताए ।

क्रोएसियामा रोजगारीमा करिब २० हजारको संख्यामा नेपाली रहेको अनुमान छ । रोजगारीमा जानेको संख्या बढेसँगै पछिल्लो समय त्यहाँ कानुनी र प्रशासनिक जटिलता पनि आइरहेको बताइएको छ ।

पुरा समाचार पढ्नुहोस्