इराकमा राजेशपायल राई गुञ्जिने

१ हप्ता पहिले १५

काठमाडौं । पश्चिम एसियाली मुलुक इराकमा नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । त्यहाँको स्वतन्त्र पहाडी राज्य कुर्दिस्तानमा गायक राजेशपायल राईले सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले शुक्रबार नेपाली समुदायले कुर्दिस्तानमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

कुर्दिस्तान त्यही थलो हो, जहाँ २०६१ सालको भदौ १५ गते आतंकवादीले १२ जना नेपालीको हत्या गरेका थिए । गायक राईले आफू हङकङबाट इराक पुगिसकेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा उनले पोस्ट गरेको भिडियोमा इराकको विमानस्थलमा गायक राईलाई नेपाली समुदायले स्वागत गरेको देख्न सकिन्छ । यतिबेला राजेशपायललाई देश तथा विदेशमा कन्सर्ट गर्न भ्याइनभ्याइ छ ।

गत साता पूर्वी नेपालमा कन्सर्ट गरेका उनी हङकङ हुँदै इराक पुगेका हुन् । राजेशपायलले इराकको कार्यक्रमलाई भव्य तुल्याउन कसर नराख्ने बताएका छन् ।

पुरा समाचार पढ्नुहोस्