‘एक भगवत् र एक गीता’ ओटीटी प्लाटफर्ममा रिलिज

१ हप्ता पहिले १४

काठमाडौं । विपिन कार्की अभिनित फिल्म ‘एक भागवत् र एक गीता’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । नेपाल बाहिरबाट मात्र हेर्न मिल्नेगरी भिडियो पसलले आफ्नो प्लाटफर्ममा यसलाई ल्याएको हो ।

गत वर्ष हलमा रिलिज भइसकेको झरना थापा निर्देशित यो फिल्मले लैंगिक अल्पसंख्यकको सम्मान र पहिचानको संघर्ष भन्छ । मधेशी र मधेशी समुदायको सेटिङमा बनेको यो फिल्मले विभेद, समानता र न्यायको सन्देश पनि दिन्छ ।

फिल्ममा विपिनसहित सुहाना थापा, धीरज मगर, कवीर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ ।

नयाँ वर्षको माहौलमा विदेशमा रहेका दर्शकलाई यो फिल्म राम्रो कोसेली भएको भिडियो पसलका सञ्चालक निश्चल पाण्डेले बताए ।

यो प्लाटफर्ममा यसअघि ‘छक्कापञ्जा ४’, ‘झिङ्गेदाउ’ ‘मन्त्र’, ‘लाखे’ लगायतका कथानक फिल्म र केही छोटा फिल्म पनि स्ट्रिमिङ भइसकेका छन् ।

पुरा समाचार पढ्नुहोस्