‘ज्वाइँ साब’मा जोडिए हिमेश पन्त

३ हप्ता पहिले ११

काठमाडौं । हास्य कलाकार हिमेश पन्त फिल्ममा पनि व्यस्त हुन थालेका छन् । उनले नयाँ फिल्म ‘ज्वाइँ साब’ साइन गरेका छन् । निर्माणपक्ष र उनीबीच फिल्मका लागि लिखित सम्झौता भइसकेको छ ।

रेड आई फिल्म्सको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा यसअघि जितु नेपाल र नीति शाह फाइनल भइसकेका छन् । राजकुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्ममा हिमेशको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी छ । फिल्मलाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन् ।

पुरा समाचार पढ्नुहोस्