रजिता र धिरोज ‘मिस्टर एण्ड मिस नेसनल’को फिटनेस राउण्डमा उत्कृष्ट

२ हप्ता पहिले ११

काठमाडौं । धिरोजकाजी बस्नेत र रजिता पराजुली मिस्टर एण्ड मिस नेसनल २०२४ को फिटनेस विधातर्फ विजेता घोषित भएका छन् । सनुभर् इन्टरनेसनल प्रालिको आयोजनामा भैरहेको पेजेन्टमा धिरोज पुरुषतर्फ र रजिता महिलातर्फ विजेता बने ।

धिरोज भलिबल खेलाडी तथा मोडल समेत हुन् । उनी नेपालको यू-२३ राष्ट्रिय टिमको कप्तान समेत हुन् ।

रजिता मोडल तथा सामाजिक कार्यमा समेत संलग्न छिन् । उनी इमेज मेगा मवडलकी फाइनलिस्ट समेत हुन् । कला क्षेत्रमा अब्बल रहेकी रजिताले इटहरीबाट नाट्य कला पनि सिकेकी थिइन् ।

उनी हाल मोडलिङ गरिरहेकी छन् । उनी संस्कृतिकी विद्यार्थी पनि हुन । संस्कृत पढेकै कारण बोली र भाषा प्रष्ट भएको उनी बताउँछिन् ।

मिस्टर एण्ड मिस नेसनल २०२४ का लागि अन्तिम ३० प्रतियोगी घोषणा भैसकेको छ । यसपटकको संस्करणमा विद्यार्थी, खेलाडी, मोडल, चिकित्सक लगायत सहभागि छन् । जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थमा योगदान दिनु रहेको छ ।

पुरा समाचार पढ्नुहोस्